२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य

255
Shares

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिदका लागि सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई वित्तीय स्रोत जुटाउन सहज बनाउने उद्देश्यले बैंक र कर्मा रेसिडेन्सिजबीच सम्झौता भएको हो।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेपछि बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।

यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्बन्धित सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणका आधारमा उपलब्ध हुनेछ। कर्जा प्रवाह बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार हुने जनाइएको छ।

मुक्तिनाथ विकास बैंकले आवास कर्जासहित अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij