२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग

राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग

310
Shares

काठमाडौँ- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूले १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा सहयोग उपलब्ध गराएका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट तथा धादिङका नागरिकको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी सङ्घका अध्यक्ष दिनेश विक्रम थापाले सो रकम बराबार चेक आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

चेक बुझ्दै ऊर्जामन्त्री श्रेष्ठले राज्यलाई अप्ठेरो पर्दा दिएको साथ र सहयोगका लागि मन्त्रालयको तर्फबाट उहाँहरूलाई धन्यवाद दिनुभयो । “हिमाली सुनामीबाट आफ्नै नेपाली दाजुभाइ विचल्लीमा परेको दुःखदायी अवस्थामा सेवानिवृत्त कर्मचारीले यथाशक्य सहयोग गर्नुपर्छ, यो राज्यप्रतिको हाम्रो दायित्व र पीडितप्रतिको मानवीय कर्तव्यसमेत हो भन्ने मानवीय भावनाले प्रेरित भएर सहयोग सङ्कलन अभियान चलाइएको हो”, सङ्घका अध्यक्ष थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij