काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। कम्पनीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष रविन सिजापति बैंकबाट अलग भई अर्काे वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि सञ्चालक पद रिक्त भएको थियो।
यसैबीचमा भदौ २९ गते बसेको सञ्चालक समितिको २१२औं बैठकको सर्वसम्मत निर्णयबाट हाल कायम सञ्चालकहरु मध्येबाट क्षितिज खड्कालाई अध्यक्ष चयन गरिएको कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij