२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन – पत्रकार महासंघ

समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन – पत्रकार महासंघ

1.3K
Shares

 

अर्थ नेपाल काठमाडौं /प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको महासंघ स्पष्ट गर्न चाहन्छ ।
यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij