२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

320
Shares

काठमाडौं – नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो ।
उक्त कम्पनीले १ सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निस्कासन गर्दै छ ।
कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । सो अवधि भित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij