काठमाडौं – रसुवाको भोटेकासी नदीमा आएको बाढीबाट प्रभावितलाई नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो नेतृत्वको टोलीले बाढीपीडितको राहत, पुनर्सथापनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर महतो नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कोषका लागि राहत रकमको चेक बुझाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij