२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाम्रो पात्रो प्रयोगकर्ताबाट रु. १ करोड २५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाम्रो पात्रो प्रयोगकर्ताबाट रु. १ करोड २५ लाख सहयोग

310
Shares

काठमाडौं – हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २५ लाख सहयोग गरेका छन् । नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जुटाइएको हो ।

हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

सहयोग रकमसँगै यस अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको छ। यसबाट प्रत्येक सहयोगीको योगदान अभिलेखित हुने र उक्त सहयोग हाम्रो पात्रो समुदायको सामूहिक योगदानका रूपमा पहिचान हुने अपेक्षा गरिएको छ।

विदेशमा रहेका नेपालीहरूले पनि सहज रूपमा राष्ट्रिय राहत अभियानमा योगदान गर्न सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले यो अभियानलाई सहजीकरण गरेको थियो। सहयोग रकम पठाउँदा कुनै पनि सेवा शुल्क नलिई प्रयोगकर्ताहरूको सम्पूर्ण योगदान राहत कोषसम्म पुग्ने व्यवस्था मिलाइएको थियो।

हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेती भन्छन्, “यो रु. १ करोड २५ लाख हाम्रा प्रयोगकर्ताहरूको सामूहिक योगदान हो। हाम्रो पात्रोले उहाँहरूको सहयोगलाई देशसम्म पुर्‍याउने माध्यमको भूमिका खेलेको हो। नेपाललाई आवश्यकता परेको समयमा संसारभर रहेका नेपालीहरूले देखाएको तत्परता, एकता र उदारताप्रति हामी अत्यन्त आभारी छौँ। सानो वा ठूलो, जुनसुकै रकम योगदान गर्नुहुने प्रत्येक व्यक्तिलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ।”

हाम्रो पात्रोले स्थापनाकालदेखि नै सूचना तथा डिजिटल सेवामार्फत नेपाली कम्युनिटिलाई जोड्दै आएको छ । आवश्यक परेको समयमा सामूहिक सहयोग जुटाउनसमेत भूमिका खेल्दै आएको हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij