२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुरक्षित रहेन इभी कार : इभीमा आगलागी हुँदा चालकको मृत्यु

सुरक्षित रहेन इभी कार : इभीमा आगलागी हुँदा चालकको मृत्यु

705
Shares

चितवन- भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी) मा आगलागी हुँदा चालकको मृत्यु भएको छ। आगलागीबाट शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij