२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्ध रिजेन्सीले आईपीओ निष्काशन गर्ने



बुद्ध रिजेन्सीले आईपीओ निष्काशन गर्ने



325
Shares

काठमाडौँ – नेपालका प्रतिष्ठित आतिथ्य सत्कार उद्योगमा आबद्ध सिद्धार्थनगर, लुम्बिनीस्थित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेड (Ramada by Wyndham) ले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओको कुल रकम १५ करोड रुपैयाँ बराबर हुनेछ ।

उक्त शेयर निष्काशनका लागि बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनील अग्रवाल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच भदौ २५ गते लक्ष्मी सनराइज क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्नेछ।

सिद्धार्थनगर (भैरहवा)स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सञ्चालनमा आएको बुद्ध रिजेन्सी नेपालका उत्कृष्ट पाँचतारे होटलमध्ये एक हो ।

होटलले विन्डहम होटल्स एन्ड रिसोर्ट्स (Wyndham Hotels & Resorts) सँग साझेदारी गर्दै ‘रामाडा बाई विन्डहम’ (Ramada by Wyndham) ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ ।

होटलमा आरामदायी बसाइका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधायुक्त कोठा उपलब्ध छन् ।

साथै, विवाह तथा अन्य समारोहका लागि ठूलो ‘डेस्टिनेसन वेडिङ’ हलसहितका भव्य बैंक्वेट हल तथा कर्पोरेट सम्मेलनका लागि दुईवटा छुट्टै हलसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij