२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकद्घारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

प्रभु बैंकद्घारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

335
Shares

काठमाडौं – रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज मिति २०८३ भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक श्री दिपेन्द्र बाबु विष्टज्यूले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गर्नु भयो । यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,११,११,१११÷— (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) को चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij