२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई न्यान्सी अटोमोबाइल्समा विशेष छुट

प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई न्यान्सी अटोमोबाइल्समा विशेष छुट

490
Shares

काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार रु १,७५,००० सम्म नगद छुट पाउने छन्् ।

उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक श्री मधुकर शाह र प्रभु बैंक लि.का तर्फबाट ऋभलतचब िद्यगकष्लभकक ऋभलतचभ का प्रमुख श्री लेख बहादुर पुन को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता ०७ सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई ०६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij