
अर्थ नेपाल
काठमाडौं /नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले दुबै विषय एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको छ।
बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ । सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’
चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी अहिले एकीकरण र सरकार निर्माणको तयारीमा रहेका छन् ।
बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै हाल देखिएको विवाद राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी बैठकले सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij