काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।
प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा शुक्रबार ३ वटै संस्थाले हस्ताक्षर गरेका छन्। योसँगै अब मुक्तिनाथ विकास बैंकले ती दुवै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको छ। यससँगै यी कम्पनीहरुको आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij