काठमाडौं – बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले संयुक्त रूपमा उक्त सहयोग रकमबराबरको बैंक चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका निम्ति सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा आर्थिक तथा विविध प्रकारको सहयोग गरेको थियो ।
आफूहरूले गरेको सहयोगबाट उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।
विपद्को यो कठिन घडीमा प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनरस्थापनाका निम्ति सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij