
काठमाडौं/ अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई अझै केहि दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएको छ ।
यहि मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं आउने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा घाइेत भएका उपराष्ट्रपति पुत्र दिपेश पुनको राजधानीको ग्राण्डि अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो ।
आज अस्पतालको आइसियुबाट बाहिर निकालेर वार्डमा सिफ्ट गरेको उनको पारिवारिक स्रोतले बताए । उनलाई केहि दिन अझै वार्डमा राखेर उपचार गर्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij