२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

360
Shares

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ७२ लाख सहयाेग गरेकाे छ ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रु ७२ लाखको एकमुस्ट रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकाे जनाएकाे छ ।

कम्पनीले नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij