काठमाडौँ — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक तथा समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलकबहादुर केसीले जानकारी दिए।
प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij