२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दराजले बाढीपीडितका लागि ४५ लाखबराबरको राहत सामग्री दिने

दराजले बाढीपीडितका लागि ४५ लाखबराबरको राहत सामग्री दिने

285
Shares

काठमाडौँ — रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दराज नेपालले राहत सामग्री उपलब्ध गराउने भएको छ। दराजको मूल कम्पनी अलिबाबा फाउन्डेसनले ३० हजार अमेरिकी डलर बराबरको राहत सामग्री र अन्य सहयोग उपलब्ध गराउने कान्तिपुरलाई बताएको हो।

दराजका नेपाल प्रमुख कबिन पाण्डेका अनुसार सरकारसँगको समन्वयमा तत्काल आवश्यक सामग्री पहिचान गरी खरिदको काम भइरहेको छ। खरिद गरिएका सामग्री सरकारलाई हस्तान्तरण गरिने र सरकारले प्रभावित समुदायमा वितरण गर्ने दराजले जनाएको हो।

‘यो कठिन समयमा अत्यन्तै ठूलो चुनौतीका बीच नेपालका आपत्कालीन उद्दारकर्ता, सुरक्षा निकाय, स्वयंसेवक तथा प्रभावित क्षेत्रमा कार्यरत सबैको हामी उच्च प्रसंशा गर्दछौं,’ पान्डेले भने, ‘अहिलेको संकट हामी सबै मिलेर यस्ता चुनौतीलाई पन्छाउन सकिन्छ भन्ने विश्वास दिलाउने एक उल्लेख्य क्षण हो।’ उनले यस्तो विपद्का बेला व्यावसायिक संस्थाहरूले आफूले सक्ने र जुटाउने श्रोतमार्फत सरकार र समुदायसँगै उभिनुपर्ने पनि धारणा व्यक्त गरे।

बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि डेलिभरी तथा ढुवानी सेवामा समेत चुनौती देखिएको कम्पनीले जनाएको छ। प्रभावित क्षेत्रमा अवस्था हेरेर सुरक्षित र सम्भव भएका रुटमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम भइरहेको दराजले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij