२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच तारे होटल द किङ्गसबेरीद्वारा सरकारी राहत कोषमा १ करोड ११ लाख सहयोग

पाँच तारे होटल द किङ्गसबेरीद्वारा सरकारी राहत कोषमा १ करोड ११ लाख सहयोग

285
Shares

भैरहवा — झापास्थित पाँच तारे होटल द किङ्गसबेरीले हालै रसुवामा गएको बाढीबाट प्रभावितको राहत, उद्वार, उपचार र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छ ।

होटलका अध्यक्ष रवि शर्मा धितालले मंगलबार अर्थमन्त्री स्वर्णीम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । झापाको बिर्तामोडस्थित होटल किङ्सबेरी, धुलाबारीस्थित क्यासिनो भेगास, भैरहवास्थित क्यासिनो टाइगर प्यालेस र बिर्तामोडस्थित क्यासिनो सेभेन हर्सेसका अध्यक्ष धितालले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण, पीडितका लागि राहत, उद्धार र उपचारका लागि सघाउन आर्थिक सहयोग उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij