२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जगदम्बा इन्टरप्राइजेजद्वारा सरकारी राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

जगदम्बा इन्टरप्राइजेजद्वारा सरकारी राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

340
Shares

काठमाडौँ — भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्तत रकम बराबरको चेक हस्तान्तरण गरे ।

जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरु छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

उद्योगको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाको क्षेत्रमा गरिएको यो सहयोगले विपद् प्रभावितमा मलहमको काम गर्ने विश्वास रहेको निर्देशक रुङ्गटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij