२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४५ जिल्लामा ६७ प्रतिशत मत खस्यो

४५ जिल्लामा ६७ प्रतिशत मत खस्यो

2.3K
Shares

 

अर्थ नेपाल  काठमाडौं /आज सम्पन्न भएको ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । तर यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।
अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।
अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij