काठमाडौं – सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्काजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका निम्ति एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी र कार्यरत कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।
मंगलबार (भदौ १६) कम्पनीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरिएको छ ।
कम्पनीले प्राकृतिक विपत्तिले पुर्याएको अपूरणीय क्षति र पीडामा सहयोगमा उत्रन सबैलाइ आग्रह गरेको छ । स–साना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्ने कम्पनीले उल्लेख गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij