२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी प्रभावितलाई ज्योति विकास बैंकको एक करोड सहयोग

बाढी प्रभावितलाई ज्योति विकास बैंकको एक करोड सहयोग

455
Shares

काठमाडौं ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । साथै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरूमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रमअन्तर्गत चरणबद्ध रुपमा थप ५० लाखसम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

विनाशकारी प्राकृतिक विपत्तिमा परी जीवन गुमाएकाहरूप्रति बैंक परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

साथै, यस कठिन घडीमा विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति बैंकले आफ्नो साथ, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा प्रतिकूल परिस्थितिका बीच निरन्तर खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा अहोरात्र खटिरहेकाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij