२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मटिहानी नगरपालिकाद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

मटिहानी नगरपालिकाद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

285
Shares

महोत्तरी- मटिहानी नगरपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु पाँच लाख सहयोग उपलब्ध गराएको छ । आज मटिहानी नगरपालिकाको नगर कार्यपालिका बैठकले रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउने निर्णय गरेसँगै उक्त रकम पठाएको हो ।

“हामीले तत्काल रु पाँच लाख उद्धार तथा राहतमा प्रयोग होस् भन्ने उद्देश्यले कोषमा आजै रकम पठाएका छौँ”, नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो । यसअघि भङ्गाहा नगरपालिकाले रु १५ लाख, बर्दिबास नगरपालिकाले रु १२ लाख ५० हजार, गौशाला नगरपालिकाले रु १० लाख र औरही नगरपालिकाले रु पाँच लाख कोषमा दाखिला गरिसकेका छन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् । यी पाँचका अतिरिक्त अन्य स्थानीयतहले पनि सहयोग रकम पठाउने तयारी गरेका छन् । “हामीपनि कार्यपालिकाको संस्थागत निर्णयबाट सहयोग रकम पठाउने तयारी गरेका छौँ”, सोनमा गाउँपालिकाका अध्यक्ष विश्ेवशर यादव भन्नुभयो ।

नगर कार्यपालिका बैठकले गोसाइँकुण्ड यात्रामा गएका मटिहानी–७ का ४० वर्षीय सवारी चालक गङ्गाराम मण्डलको खोजी तीव्र पार्न सुरक्षा निकाय, खोज अभियानमा सहभागी सबैलाई आग्रह गरेको छ । मण्डल गत बुधबार बिहान ९ः०० बजेपछि सोी क्षेत्रबाट सम्पर्कविहीन रहनुभएको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij