२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढी प्रभावितको राहतका लागि रिलायबल नेपाल लाइफको ५१ लाख सहयोग

बाढी प्रभावितको राहतका लागि रिलायबल नेपाल लाइफको ५१ लाख सहयोग

440
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम कम्पनीका सीइओ तथा डिसीईओले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले दिवङ्‌गत आत्माप्रति श्रद्धासुमन तथा घाइते सबैको सिघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij