२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा थाई एअरवेज ईन्टरनेश्नलले सेवा सुरु गरेको ५० बर्ष पुग्यो

नेपालमा थाई एअरवेज ईन्टरनेश्नलले सेवा सुरु गरेको ५० बर्ष पुग्यो

1.9K
Shares

अर्थ नेपाल/ काठमाडौं थाई एयरवेज ईन्टरनेश्नलले नेपालमा आफ्नो सेवा सूरु गरेको ५० बर्ष पुगेको छ । आइतबार कम्पनीले ५० औं बर्षगाठ एक भव्य कार्यक्रम गरेर मनाएको छ ।
सन् १९६८, डिसेम्बर ४ गते थाईले पहिलो पटक नेपालमा आफ्नो उडान भरेको थियो । प्यासेन्जर जेट नेपालमा भित्राउन पहिलो उडान समेत रहेको थाई एअरलाईन्सले नेपाललाई विश्वका अन्य भागहरुमा समेत परिचित गराएको छ । सुरुवाती दिनहरुमा साप्ताहिक रुपमा उडान भर्ने थाईले बिस्तारै बढ्दो मागसँगै आफ्नो उडानको संख्या बढाउदै सन् १९९७, अक्टोबरदेखि नेपालमा दैनिक उडान गर्दै आएको हो । सुरुमाए३००–८०० प्लेन संचालन गरेको थाइले सन् १९९८, नोभेम्बरमा भिजिट नेपाल १९९८ लाई समर्थन गर्दै बी७७७–२०० भित्राएको थियो जुन अहिलेपनि संचालनमा छ ।

सन् १९८५,नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एअरलाईन्सको रुपमा थाई स्थापित भएको थाईले विभिन्न ट्राभल एजेन्टहरुलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ । थाईले निरन्तर रुपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ ।

थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउण्ड ह्यान्डलिङ्ग सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ्ग सर्भिस र फस्ट इन–फ्लाइट म्याजेजिन– सवादी ले समेत थाईमा थप र नयाँ आयाम जोडेको छ ।
नेपालमा थाईले प्रत्येक वर्ष ३१ जुलाईका दिन रक्तदान कार्यक्रम, वार्षिक मोतीबिन्दु सर्जरी क्याम्प, कार्डियो चेक–अप र हेल्थक्याम्पका साथै अनाथलयहरुलाई स्टेश्नरी समानहरु समेत प्रदानगर्दै आएको छ ।

५० औ वर्ष पुरा भएको अवसरमा थाईले नेपालमा रहेको रोयल थाई राजदूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण, नबिल बैंक लिमिटेड र होटेल अन्नपूर्णलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij