काठमाडौं – ग्रेस इन्टरनेसनलले बाढी तथा विपद् प्रभावित विद्यार्थी र विद्यालयका लागि सरकारलाई २५ लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
ग्रेस इन्टरनेसनलका सञ्चालक तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष एन्ड्रयू पौडेलले शिक्षामन्त्रीसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
भेटका क्रममा इक्यान अध्यक्ष पौडेलले बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए।
उनले विपद्का कारण विद्यालय तथा विद्यार्थीको पढाइमा परेको असर न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउन र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे।
शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ग्रेस इन्टरनेसनलले विपद्का कारण प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग गरेको जनाएको छ।
ग्रेस इन्टरनेसनलका १२ देशमा ५५ वटा शाखा सञ्चालनमा रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij