काठमाडौं – सिद्धि हाइड्रोपावर कम्पनीले रसुवा बाढी प्रभावितका लागि सहयोगार्थ स्थापित प्रधानमन्त्री राहत कोषमा २५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
सिद्धि हाइड्रोपावर र यसको सहायक कम्पनी तथा कर्मचारीले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा कुल २५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
यसमा कर्मचारीले दुई दिनको तलबराबरको १ लाख ८२ हजार ६६७ रुपैयाँ र कम्पनी तथा सहायक कम्पनीहरुले २३ लाख ४२ हजार ३३३ रुपैयाँबराबरको आर्थिक सहयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij