२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

375
Shares

काठमाडौं -पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो ।

पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका हुन् ।

गत १० भदौमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिबीच धमाधम राहत एवं उद्धारको कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij