२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

370
Shares

काठमाडौं – हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij