काठमाडौं – केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै केआईईसीले कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेकाे हाे ।
बाढीप्रभावितका लागि कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएकाे केआईईसीले जनाएकाे छ ।
उक्त रकम केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा संकलन गरी कोषमा जम्मा गरिएको जनाइएको छ ।
कम्पनीले विपद्मा परेका नागरिकको तत्कालको आवश्यकता ‘गाँस र स्वास्थ्य’ दुवै जोगाउनु रहेको जनाएको छ ।
बाढीपहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित रोगव्याधिलाई गम्भीर रूपमा लिँदै केआईईसी परिवारले नगद सहयोगसँगै विभिन्न थप राहतका कार्यसमेत गरिरहेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij