२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

380
Shares

काठमाडौँ – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ सदस्यता अद्यावधिक गर्ने समय २०८३ भाद्र १५ देखि १९ गतेसम्मका लागि थप गरिएको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको साङ्गठनिक प्रक्रियाबाट कोही पनि साथी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताए। ‘नेपाली कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन हाम्रो साझा यात्रामा कोही पनि साथी नछुटुन् भन्ने हाम्रो दृढ सङ्कल्प छ,’ पौडेलले भने।

उनले पार्टी संरचनाको जुनसुकै तहमा रहेर पार्टी र आम नागरिकका हितमा कार्य गरिरहेका सबै सदस्यहरूलाई साङ्गठनिक प्रक्रियामा समेट्न पार्टी संवेदनशील रहेको बताए। सबैलाई समेटेर अघि बढ्ने पार्टीको बृहत्तर हित र एकतालाई कांग्रेसले केन्द्रमा राखेको उनको भनाइ छ।

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक गर्न छुटेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्र आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरी पार्टीको साङ्गठनिक महाअभियानमा जोडिन आह्वान समेत गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij