२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा

295
Shares

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ ।

आइतबारसम्म अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन् । नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका १२० बिटिएस टावर थिए । जसमध्ये ३८ वटा प्रभावित भएकामा हालसम्म १०६ वटा सञ्चालनमा आएका छन् । एनसेलका ७८ वटा बिटिएस टावरमध्ये २७ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अब तीन वटा मात्रै सञ्चालनमा आउन बाँकी छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटेलाइट बाढी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij