
अर्थ नेपाल काठमाडौं /काठमाडौँको नयाबजार स्थित मेची महाकाली परिवार रोधी घरले बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंग्सिर २ गते शनिबार मेची महाकाली फेमिली रोधी घरमै सम्पन्न उक्त कार्यक्रम कालिका बाल आश्रम बुढानिलकण्ठ एबं न्यु बाल गृहमा आश्रित अनाथ बालबालिकाहरुको सहयोगार्थ भएको संचालक सुरेन्द्र ठकुरीले जानकारी गराउनु भयो िकार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रममा संगीतका पारखी एबं मौलिक खानाका पारखीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उठेको रकम उक्त कार्यक्रम स्थलमै ती आश्रमहरुलाई प्रदान गरिएको थियो ।
आश्रमका बालबालिकाहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको सफलता संगै यस्तै सहयोगी कार्यको लागि थप उर्जा मिलेको मेची महाकालीका संचालक एबं कार्यक्रम संयोजक सुरेन्द्र ठकुरीले हामीलाई जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले कार्यक्रमको खुलेर प्रसंशा गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij