२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

405
Shares

काठमाडौं – नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् ।

एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन् ।

उनले कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शनलाई प्रभावित नेपालीका लागि समर्पित गर्ने बताएका छन् ।

यस्तै, एसीसी प्रिमियर कपभरि नेपालले लिने हरेक विकेटका लागि १ हजार ५०० रुपैयाँ र प्रहार गर्ने हरेक चौका तथा छक्काका लागि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन’ सन्दीपले भने । हरेक विकेट, हरेक बाउन्ड्री र हरेक हुटिङ नेपालकै लागि हुने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij