२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान

2.4K
Shares

अर्थ नेपाल काठमाडौँ / आज सम्पन्न भएको पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज मतदान भएको छ ।
आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।
आज भएको मतदानमा मु्ख्य निर्वाचन अधिकृतले दिनुभएको जानकारी अनुसार, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं। ५ को रत्न मा.वि. ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं। ११ स्थित राष्ट्रिय मा।वि। गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ ।
यादवका अनुसार आज मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम समेत शुरू भइसकेको छ । ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ,’ यादवले भने ।

यही मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij