२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विपद् उद्धार कोषमा सहयोग

धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विपद् उद्धार कोषमा सहयोग

405
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
युनियनको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको युनियनले जनाएको छ।

रसुवालगायतका क्षेत्रमा बाढीपहिरोका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भइरहेका बेला राजनीतिक दल तथा विभिन्न संघसंस्थाबाट राहत र उद्धारका लागि सहयोग घोषणा गर्ने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij