२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

315
Shares

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाउनुभएको छ ।

यही भदौ १० गते नुवाकोट, भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत अवलोकन गरी गृहजिल्ला भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले सो राहत सामग्री सङ्कलन गरी पठाउनुभएको हो । उहाँले रसुवाको उत्तरगया र धुन्चेमा विपद्मा परेका नागरिकका लागि अत्यावश्यक खाना र लत्ताकपडा स्थलमार्गबाट पठाएको बताउनुभयो ।

मुख्यमन्त्री थापाले काठमाडौँबाट पठाएको राहत सामग्री बिदुरमा मात्रै थुप्रिएकाले उत्तरगया र धुन्चेका लागि टिपर र ट्रकमा राहत सामग्री पठाएको बताउनुभयो । उहाँले बागमती प्रदेशको पहलमा छहरे, चौघोडा, बाहुनबेँसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरोकिलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा विभिन्न यातायातका साधनमार्फत काठमाडौँ ल्याउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij