
काठमाडौं/सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ।
दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो।
सरकारले दुई साताअघि बाढीपीडित क्षेत्रको पुनर्निर्माणका लागि १७ अर्बको महत्वाकांक्षी प्याकेज कार्यक्रम घोषण गर्ने निर्णय गरेको थियो।सिँचाइ मन्त्रालयले जिल्लामा पहिलो चरणमा नौ अर्ब रुपैयाँ पठाउने गृहकार्यलाई तीव्रता दिएको छ।
यो रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरी मन्त्रालयले कार्ययोजना बनाएको छ। स्रोतका अनुसार सत्तारुढ दलनिकट व्यक्तिको सहभागितामा उपभोक्ता समिति बनाएर सोही समितिमार्फत नै अर्बौं रुपैयाँ खर्च गरिने छ। निर्वाचनको मुखैमा जिल्लामा अर्बौं रुपैयाँ पठाउने र आफूनिकटका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर मन्त्रीले भोट बैंक सुरक्षित बनाउन खोजेको विपक्षीको आरोप छ। बाढीपीडित र सिँचाइ संरचना पुनर्निमाणका लागि भन्दै सरकारले निर्वाचनको मुखमा विभिन्न जिल्लामा रकम पठाउन लागेको हो ।
साभार : अन्नपुर्ण पोष्ट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij