२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

310
Shares

काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गर्नुभएको छ ।

नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा रु दुई हजार १०० को सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले राससलाई जानकारी दिनुभयो ।

चौथाइवालेको साथमा भारतका सांसद र पूर्वमन्त्री रविशङ्करप्रसाद सिंह पनि सहभागी हुनुभएको थियो । उहाँहरुलाई पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप राना, कोष सञ्चालक परिषद् सदस्य बास्तोलालगायतले पशुपति क्षेत्रमा स्वागत गर्नुभएको थियो ।

नेता चौथाइवाले नेतृत्वको समूहलाई आराध्यदेव भगवान् श्री पशुपतिनाथका मूल अर्चक गणेश भट्टले विशेष पूजा गराई टीका, प्रसाद लगाई दिनुभएको थियो । चान्द्रमासअनुसार श्रावण महिनाको आज अन्तिम दिनसम्म देश–विदेशका भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij