२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोसी बाढीपीडितका लागि एनसेलले दियो १ करोड

भोटेकोसी बाढीपीडितका लागि एनसेलले दियो १ करोड

300
Shares

काठमाडौं – रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गर्ने जनाएको हो।

एनसेलले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हराइरहेका तथा प्रभावितहरूको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ।

यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र १०० वटा एसएमएस उपलब्ध गराएको छ। प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा दिइएको कम्पनीले जनाएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्।

एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थाअनुसार सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij