२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकबीच टेलिफोन वार्ता

265
Shares

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गर्नुभयो । उहाँले विपद्को यस कठिन समयमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउनुभयो ।

उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नागरिकको खोज तथा उद्धारका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको अभियानबारे जानकारी लिनुका साथै बेपत्ता अमेरिकी नागरिकको खोज तथा उद्धारको अवस्थाबारे पनि चासो राख्नुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij