२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढीबाट पीडितको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपको ५१ लाख सहयोग

भोटेकोशी बाढीबाट पीडितको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपको ५१ लाख सहयोग

315
Shares

काठमाडौँ – २०८३ भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवार गहिरो दुःख व्यक्त गरेको छ ।

यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ एवं विदेशी पर्यटकहरूप्रति शिवशक्ति ग्रुपले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, प्राकृतिक विपद्मा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। विपद्को यस कठिन समयमा शिवशक्ति ग्रुप परिवार नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपको -माननीय राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवार)को तर्फबाट नेपाल सरकारको’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ५१,००,०००।– -अक्षरेपी एकाउन्न लाख रुपैयाँ) सहयोग गरेको छ ।

उक्त सहयोग रकम माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ । यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट समेत रु. १०,००,०००।– -अक्षरेपी दस लाख रुपैयाँ) सहयोग गरिएको छ ।

विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु, उद्धार तथा राहत कार्यमा सहयोग गर्नु र प्रभावित नागरिकको जीवनमा आशा जगाउनु हामी सबैको साझा दायित्व हो । सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ । त्यसैले सम्पूर्ण निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न शिवशक्ति ग्रुप हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij