काठमाडौं- भोटेकोशी बाढी पीडितका लागि जेजी आईद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग गर्ने घोषणा गरेको छ।
जावलाखेल ग्रप अफ इन्ष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग प्रदान र्गे घोषणा गरेको हो।
जेजीआईले विपद्को घडीमा ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका नागरिकको शीघ्र उद्धार र जनजीवन सामान्य बन्ने कामना गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको सहयोगार्थ निजी क्षेत्रबाट राहत घोषणा हुने क्रम जारी छ। जावलाखेल ग्रुपले पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij