काठमाडौं- हिमालयन बुलीयन कम्पनी लिमिटेडले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहत कार्यमा सहयोग पुर्याउन २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गतका रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोशी तटीय क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढीले पुर्याएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने जनाएको हो ।
“विपत्तिका बेला संकटमा परेका नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत वितरण कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्पनीको तर्फबाट हाललाई २१ लाख रुपैयाँसहयोग उपलब्ध गराइने भएका छौं,” हिमालयन बुलीयनले बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यो प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धांजलि सहित शोक सन्तप्त परिवारजनमासमवेदना प्रकट गरिएको छ । साथै, बाढीमा परी घाइते भएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
सन् २००० मा स्थापित यस कम्पनीको मुख्य कार्यालय काठमाडौँ महानगरपालिका–१ मा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij