२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

झनै सस्तियो पन्च ईभी, नाडामा ३३ लाखभन्दा कममै किन्न पाइने

झनै सस्तियो पन्च ईभी, नाडामा ३३ लाखभन्दा कममै किन्न पाइने

645
Shares

काठमाडौं – नाडा अटो शो २०२६ मा पन्च ईभी फेसलिफ्ट खरिदमा १ लाख रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो अवसरमा पन्च ईभीमा उक्त छुट दिएको हो ।

कम्पनीका अनुसार ग्राहकले नाडामा पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै किन्न पाउने छन् । पन्च ईभी फेसलिफ्ट दुईसाता अघि नाइमा मोबिलिटी एक्स्पोमा लन्च भएको थियो । सो बेला पन्च ईभीको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

फेसलिफ्ट पन्च ईभीमा ग्राहकको उच्च आकर्षण देखिएको छ । दुई साताको अवधिमै १ हजार बढी युनिट बुकिङ भइसकेको र हालसम्म २०० युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइने भएको छ ।

पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।

फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ थिम थपिएको छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij