२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र भैरेमा दयाहाङ राईको सुरक्षा, बर्षा र जान्वी मध्ये कोसंग रोमान्स होला ?

चलचित्र भैरेमा दयाहाङ राईको सुरक्षा, बर्षा र जान्वी मध्ये कोसंग रोमान्स होला ?

1.7K
Shares

अर्थ नेपाल  काठमाडौं /चलचित्र ‘भैरे’ हुने भएको छ । यस चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन् ।
नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. को ब्यानरमा बन्ने यस चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्वी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ । निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह निर्माता रहेका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।
मंसिरकोे पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij