२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अवस्थी नियुक्त

नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अवस्थी नियुक्त

495
Shares

काठमाडौं – नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अवस्थीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

अवस्थी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। बैंकिङ क्षेत्रमा उनको साढे दुई दशकभन्दा लामो अनुभव छ।

अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले हार्वर्ड बिजनेस स्कुलबाट रणनीतिसम्बन्धी कोर्ससमेत गरेका छन्।

नबिल बैंकमा रहँदा अवस्थीले सञ्चालन, जोखिम व्यवस्थापन, कर्जा तथा शाखा व्यवस्थापनलगायत क्षेत्रमा काम गर्दै आएका छन्। बैंकिङ क्षेत्रको लामो अनुभव भएका अवस्थीलाई व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij