२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१६ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने

१६ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने

1.2K
Shares


अर्थ नेपाल पोखरा /मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ महिनाको दोश्रो साता देखि संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा माघ ९ गते देखी २० गते संचालन हुने भएको आयोजक सहारा क्लवले जनाएको छ ।
उक्त खेल संचालनको लागि अखिल नेपाल फुटबल संघले समय तालिका उपलब्ध गराएको क्लवका महासचिव विश्वराज वरालले बताए । प्रतियोगितामा विदेशी ४, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुने बरालले जनाए ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा—१७, दोविल्लामा संचालन हुदै आएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने सर्वोत्कृष्ट खेलाडी पुरस्कार हिरो ड्यास स्कुटर, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु रहेका छन । साथै पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा हङ्गकङ्ग÷सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोगमा क्लबले यस प्रतियोगिताको आयोजना गर्न लक्ष्य लिएको छ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउँनु रहेको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij