२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक

1.6K
Shares


अर्थ नेपाल काठमाडौं /भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।
फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।
दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ ।
देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।
नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij